
काठमाडौँ । साताको पांचौँ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । तीनदिन लगातार घटेको सुनको भाउ आज बिहीबार भने उकालो लागेको हो ।
आज सुनको भाउ तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।