आज (बुधबार) ह्वात्तै घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ हवात्तै घटेको छ । लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ लाख २०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा १ हजार १०० रुपैयाँले कम्ती हो ।

यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post