काठमाडौंको दरबारमार्गबाट २ जना पक्राउ, मान्छे झुक्याउने उनिहरुको आईडिया पनि गजबको रहेछ

काठमाडौं, १६ चैत्र – भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेलेको आरोपमा २ नेपाली नागरिक पक्राउ परेका छन्।नेपाली नागरिकहरु क्यासिनो प्रवेश गरी अवैद्यरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको

आधारमा महानगरीय प्रहरी वृत्त, दरवारमार्गका प्रहरी नायव उपरीक्षक(डिएसपी)समेतको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा सुनसरी बकलौरी गाविस-२ साविक स्थायी घर भएका ४६ वर्षीय मदन कार्की र सर्लाही ढुंग्रेखोला गाविस-२ साविक स्थायी घर भएका ३३ वर्षीय वबिरमान भोलन रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई सोमाबार राति २३:३० बजे काठमाडौं महानगरपालिका-६ छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्दारा संचालित वाल्डो क्यासिनोमा चेकजाँच गर्दा ३० टेवुल मध्ये नं. ११४ टेवुलमा ‘बीएसीसीर्‍याट’ जुवा खेलिरहेको बेलामा पक्राउ गरिएको हो।

उनीहरुको साथबाट वाल्डो क्यासिनो लेखेको पहेलो रंगको ५० हजारको क्वाईन १ थान, कालो रंगको १० हजारको क्वाईन ३ थान, निलो रंगको ५ हजारको क्वाईन २ थान र निलो रंगको १ हजारको क्वाईन ९ थान गरी जम्मा ९९ हजारको क्वाईन १५ थान बरामद गरिएको वृत्तले जनाएको छ।

यस्तै, उनीहरुको साथबाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्ड २ थानसमेत बरामद गरिएको छ। उनीहरुलाई तत्काल पक्राउ गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा ऐनमा ५ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post