श्रीमतीको श,व एक्लै बोकेर ६० किलोमिटर पैदल हिँडे माझी, सहयोग गर्ने कोही भएनन्।

एक तस्विरले विश्वमा मानवता रित्तिदै गएको छ भन्ने प्रमाण प्रस्तुत गरिरहेको छ । आधुनिकता भित्रिदै गर्दा मानिसहरु कोही व्यस्त छन् कोही कठोर बनिरहेका छन् ।

साथ सहयोगको भावना नितान्त रित्तिएको छ । तस्विर परमाणु शक्ति सम्पन्न भारतको हो । भारतलाई आईटी महाशक्ति र वैश्विक व्यापारमा विशाल आर्थिक अवस्था भएको मुलुक भनेर चित्रित गरिन्छ।

तर, स्वतन्त्रताको ७६ वर्ष बितिसक्दा पनि मृ,त्युको आधारभूत मर्यादा अझै धेरै मानिसहरूबाट वञ्चित भएको देखिन्छ। दुई दिनमा भएका तीनवटा घ,टनाले आम मानिसको मृ,त्युमा पनि व्यवस्था कसरी असफल भएको छ भन्ने देखाउँछ ।पहिलो रिपोर्ट ओडिशाको कालाहान्डीबाट आएको थियो, जहाँ एक आदिवासी पुरुष दाना मांझीले सरकारी सहयोग नपाउँदा १२ किलोमिटर आफ्नी श्रीमती अमंगदेईको श,व बोकेर हिँड्नु परेको थियो।

उनी एक्लैले श्रीमतीको श,व काँधमा बोकेर घर नजिकको अन्तिम संस्कार स्थल पर्याउन ६० किलोमिटर यात्राको पैदल आँट गरे ।उनलाई सहयोग गर्ने कोही भएन श,व वहानमा राख्ने पैसा भएन । पैसा सहयोग गर्ने वा शववहान सहयोग दिन अझ भनौँ काँध थापेर सहयोग गर्ने कोही निक्लिएन ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post