ट्रकले किच्दा ड्युटीमा रहेकी ३६ वर्षीया महिला प्रहरी कविता बिसीको मृ,त्यु

ट्रकले कुल्चिँदा ड्युटीमा रहेकी महिला प्रहरीको मृ,त्यु भएको छ। बाँकेको कोहलपुरस्थित चौराहामा आइतबार राती करिव १० बजेतिर ट्रकले किच्दा ड्युटीमा रहेकी ३६ वर्षीया महिला प्रहरी कविता बिसीको मृ,त्यु भएको हो।

पूर्वबाट नेपालगन्जतर्फ आउँदै गरेको ना३ ख ६४३६ नम्बरको ट्रक चौराहामा अनियन्त्रित भएर पल्टिदा ट्रकको पछाडीको भागले सडक किनारामा उभिएकी कवितालाई कुल्चेको थियो।सोही घ,टनामा परेर कविताको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए।

डिएसपी खनालका अनुसार सँगै ड्युटीमा रहेकी महिला प्रहरी हवल्दार वासमती चौधरीले भने भागेर ज्यान जोगाएकी थिइन्।मृतक कविता प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला निवासी हुन्। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ।****भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post