पल शाहलाई षड्यन्त्र गर्ने ६ वटा अडियो बल्ल आउट, पुरा अडियो एकै ठाउँमा सुन्नुहोस् (अडियो सहित)

नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले 

सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।

दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्मा।

यालाई केहीले किन्न सक्नुहुन्छ तपाईले, अहिले आएर षड्यन्त्र भन्न मिल्छ?’, उनले प्रश्न गरे, ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।

दुर्गेशले थपे, ‘मेरो पनि भोलि छोरी होला, दिदीबहिनी छन्, पलको आफ्नै बहिनी छ, त्यो सोचेर अगाडि बढ्नु पर्‍याे। हामी त जे थाहा छ, त्यो बोल्दिने हो, अहिलेसम्म साथी हो, उसको कुरा बाहिर नआओस् भनेर नबोली हिँडेको हो, उसले नै बोल्छ भने अब हामी पनि बोल्छौँ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post