धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो।

सुनसरीको धरान-४ मा विभत्स’ ह’त्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।शव झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो।त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँ’स का’ट्न’ गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।

प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो।सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो।शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो।घटनाको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी प्रहरीले सिग्देलको ह’त्या आरोपमा दुई जनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सिग्देलको ह’त्या आरोपमा कान्छी श्रीमति र प्रेमिकालाई पक्राउ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post