अच्चमको जुम्लया बच्चा तीन महिनामा बोल्न थाले पछि...(भिडियो हेर्नुहोस्)


कुनै बेला निकै चर्चामा आएकी छेकी शेर्पा अहिले भने दुई जुम्ल्याहा छोरा जन्माएर कोठामा बस्दै आएकी छिन । कमल भुजेलसगँ बिबाह गरेकी छेकी शेर्पा अहिले साथमा श्रीमान नहुदाँ दुई बच्चालाई हुर्काउँन निकै गार्‍हो भएको बताउँछिन ।

कमल भने करिव दुई महिनादेखी कामको शिलशिलामा बाहिरै बस्दै आएका छन । अहिले आफुलाई दुई छोराको स्याहार गर्न निकै मुस्किल परेको उनी बताउँछिन । दुई जनालाई आफ्नो दुधले नपुग्ने भएकोले गर्दा पनि बाहिरबाट किनेर ल्याउन आर्थिक अवस्थाका कारण गार्‍हो भएको उनि बताउँछिन ।

पहिले त सबैले सहयोग गरिदिनु भएकोले ल्याक्टिजिन लगायत ल्याएर खुवाउने गरेको भएता पनि अहिले भने गाईको दिनहु एक लिटर ल्याएर खुवाउने गरेको उनले बताईन । उनले अझ अर्को अचम्को कुरा पनि बताईन, ३ महिना पुगेका ती बच्चाहरुको बोली समेत आईसकेको छेकिले बताएकी छिन । उनिहरु बिहान उठेर बुबु, ममि, बाबा इत्यादि भन्ने गरेको उनले बताईन । सामान्यतया ३ महिनाको बच्चा यताउता पल्टिन पनि सक्दैन । तर यी दुई बच्चाहरु भने बोल्न थालेको उनले बताईन ।

जन्मिएको करिव १ वर्ष पछि सामान्यतया बच्चाहरु बोल्ने गर्दछन । तर छेकिका यी दुई जुम्ल्याहा छोराहरु भने अहिले ३ महिना मात्र पुगेका छन । तर उनिहरु सामान्य कुराहरु बोल्न थालेको उनले बताईन । आर्थिक स्थिति कमजोर भएकोले पनि अहिले निकै समस्या भएको सबैतिर उधारो रहेको छेकिले बताईन । पहिले नै आफ्नो दुख देखेर सहयोग गरि दिनु भएको लत्ता कपडाले अहिले पनि लगाई त्यसैले काम चलाउदै आएको छेकिले बताएकी छिन ।

पहिलो बिबाह गरेका श्रीमान पटि एक छोरी लिएर गाउँमै बसेकी छेकिलाई उनका नन्द तथा सासुहरुले घरमा नराम्रो ब्याबहार गरि सधै दुख दिन थाले पछि उनी घर छोडेर काठमाडौ आई बसेकी थिइन । घरमा दिदिबहिनी तथा आमाकै कुरा सुनेर छेकिका पहिलेका श्रीमानले पनि आफुलाई राम्रो नगरेको छेकिले यश अघि बताएकी थिइन । उनलाई सासू तथा नन्दाअमाजुले आफ्नो छोरा तथा भाईको जिवम बर्बाद बनाइदिएको भन्दै दुख दिने गरेको घर छाडेको बताएकी थिइन ।

काठमाडौ छोरी लिएर आई बसेकी छेकीको अवस्था निकै नाजुक थियो । त्यसै बेला कमलसगँ भेट भएर उनलाई कमलले बिबाह गरि राखेका थिए । ज्याला मजदुर गर्ने कमलको पनि आर्थिक अवस्था उस्तै थियो । त्यही बेला दुई जुम्ल्याहा छोरा जन्मिए पछि उनको अवस्था झन नाजुक भयो । त्यही बेला मिडियामा आएकी छेकिको दुख देखेर जुम्ल्याहा नानिहरु हुर्काउन भनि थुप्रैले सहयोग गरेका थिए । अहिले सम्म त्यही सहयोगले जेनते चलेको उनले बताईन । अझै पनि सहयोगको खाचो रहेको उनले बताईन । (भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post