आगलागीमा परेर एकै परिवारको दुई छोरीको मृत्य

काठमाडौं : सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिकामा

आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ।बुधबार राति विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो।

आगलागीमा परी गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाहौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए।

आगलागीमा परेर चमारकी अर्की ५ वर्षीया छोरी सुधा कुमारी पनि घाइते छिन् ।प्रहरीका अनुसार बुधबार राती ९ः१५ बजेतिर चमारको घरमा आगलागी भएको हो। आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए। आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post