सल्यान रानीकाेटमा देवरकाे हत्या गर्ने भाउजूले बयान बदलिन, राधाले लक्ष्मीलाइ झुट बाेल्न लगाइन्

सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको हत्या आराेपित महिलाहरुले बयान बदलेका छन् ।गत मंसिर ९ गते मध्यराती देवर शेर बहादुरकाे हत्या गर्ने भाउजू लक्ष्मी चन्द र राधा चन्दले आफ्नाे बयान बदलेका हुन् ।

यसअघि उनिहरुले देवरले आफुलाइ बलात्कार गर्न खाेजेपछि हत्या गरेकाे प्रहरीसमक्ष बयान दिएका थिए ।तर बलात्कारकाे प्रयास नभएर व्यक्तिगत रिसइबीका कारण हत्या गरेको तथ्य सार्वजनिक भएको एक प्रहरी अधिकारीले बताए 

अनुसन्धानको आधारमा राधाले नै पुरानो रिसइबीका कारण शेरबहादुरको बञ्चरो प्रहार गरी हत्या गरेको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने, ‘राधाको चरित्रको बारेमा शेरबहादुरले उनकै दाजु र समाजमा समेत कुरा काट्दै आएको हुँदा त्यही रिसइबीले हत्या गरेको देखिन आयो।

पारिवारिक जमघटमा सबैले संगै बसेर मदिरा सेवन गरी सबै सुत्न गएको भएपनि राधा फर्किएर मध्यरातमा आफ्नै घरको कोठामा सुतिरहेका शेरबहादुरमाथि बञ्चरो प्रहार गरी हत्या गरेको ती प्रहरी अधिकारीले बताएका छन् ।

शेरबहादुरको हत्यापछि राधाले लक्ष्मीलाई समेत हत्या गर्ने त्रास देखाएर आफूलाई देवर शेरबहादुरले बलात्कारको प्रयास गरेको हुँदा हत्या गरेको भनेर झुट बोल्न लगाएको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने।

हत्यापछि शेरबहादुरको शव समेत मध्यरातमै जलाएर नजिकै बाँसको झाडीमा फेला परेको थियो । शव जलाउन, फाल्न र कुरा कतै भने ज्यान लिने चेतावनी राधाले लक्ष्मीलाई दिएपछि झुट बोल्न आफू बाध्य भएको लक्ष्मीले प्रहरी समक्ष बयान दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले शेरबहादुर हत्या काण्डबारे प्रहरी अनुसन्धान पूरा भइसकेको हुँदा अब छिट्टै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने बताए । आराेपितले सुरुमा दिएकाे बयानभन्दा अहिले फरक बयान दिएकाे उनले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post