खोटाङकी किशोरीको जिब्रो सुन्निएर मुख बाहिर निस्कियो, उपचार गर्न खर्च छैन…


खोटाङको ऐसेलुखर्क गाउँपालिका९३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किएको छ। सुन्निएर जिब्रोले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्रो भएको बुवा दिनेश तिवारीले बताए।

उनका अनुसार सुस्मा जन्मेको एकरडेढ वर्षको जिब्रो बढेर बाहिरै निस्कन पुगेको हो। जिब्रोमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएको छ।उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन्। सानैछँदा उपचारका लागि फाप्लु सोलुखुम्बु र काठमाडौं पुर्‍याइए पनि रोग पत्ता नलागेको तिवारीले बताए।

मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन्। बाहिर निस्केको जिव्रोबाट निरन्तर र्‍याल झर्छ । सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ।उनी घरकी जेठो सन्तान हुन्।उपचार गर्न आर्थिक अभावसुस्माको उपचारका लागि परिवारलाई आर्थिक समस्या छ। कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन्।

उनको उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ। पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई खत्री र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो।नोबेल अस्पताल बिराटनगरका डा। आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्रोको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए। ‘सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ। नोबेलमा लगेर देखायौँ’ भट्टराईले भने,‘डा। आशिषलाल श्रेष्ठले ६–७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ। उपचार गर्दा निको हुने जानकारी पाएका छौँ।’सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post