ट्याक्सी भित्रै निदाइन यी मोडल, सुनसान ठाउँमा लागि ट्याक्सी चालकले गरे यस्तो हर्कत ..

एजेन्सी, एक ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सीको किस्ता बुझाउन नसकेर पैसाका लागि एक मोडलको ज्यान लिएका छन् । ति मोडल पैसावाल भएको सुइको पाएका ट्याक्सी चालकले उनको ज्यान लिएका हुन् ।

घटना नेपालको भने होइन । भारतको बेंगलुरुमा भएको घटनाले सुरक्षा चुनौतीवारे अवगत गराएको छ । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले ज्यान गुमाउनु परेको हो ।

२२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको ज्यान लिएका थिए । कर्नाटकका उनी ट्याक्सीको दुई किस्ता रकम बुझाउन नसकेर समस्यामा थिए । उनले त्यही बेलामा ति युवतीलाई भेटाए ।द न्यू इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार पूजा कोलकातामा बस्थिन् । उनी मोडलिङका साथै फ्रिलान्सिङ इभेन्टकी म्यानेजरका रुपाम पनि कार्यरत थिइन्।

उनी ३० जुलाईमा कुनै कार्यक्रमका लागि बेंगलुरु गएको बेलामा यस्तो घटना भएको हो । आफ्नो घर अर्थात् कोलकाता फर्कनका लागि उनले विमानस्थल सम्म पुर्याउन उक्त टयाक्सी प्रयोग गरेकी थिइन् ।पूजाले ३० जुलाई दिउँसो एक होटलमा जानका लागि नागेशको ट्याक्सी बुक गरिन् उनी होटलमा पुगेपछि भोलीपल्ट घर फर्कने र विमानस्थल सम्म पनि पुर्याइदिन आग्रह गरिन्।

उनको आग्रह ट्याक्सी चालकले माने । जब दोस्रो दिन विमानस्थल पुर्याउन भन्दै उनी होटलमा पुजालाई लिन गए उनले अपराधिक योजना बनाए ।पूजा गाडीमा निदाइन् । जब नागेशले उनी सुतिरहेको देखे तब गाडीलाई सुनसान ठाउँतर्फ लगेर उनीसंग भएको धनमाल लुट्न टाउकोमा ज्याक रडले हाने ।

पुजा बेहोस भएर लडेपछि उनीसंग भएको रकम लुटेर भाग्नै खोज्दा पुजा ब्युझिएर हल्ला गर्न लागेपछि उनले फेरी हमला गरेर ज्यान लिए ।पुलिसका अनुसार पूजाको शरीर बेंगलुरुको केम्पेगोडा इन्टरनेशनल एयरपोर्ट नजिकै फिल्डमा भेटिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

पूजाको अनुहार चिन्नै नसकिने भएकाले उनले लगाएको लुगाबाट अनुसन्धान सुरु गरिएको थियो । डेकन हेराल्डमा छापिएको खबर अनुसार कोलकाताको न्यू टाउन पुलिस स्टेशनमा पूजा हराएको रिपोर्ट दर्ता गरिएको थियो।जो उनका श्रीमान् सुदिपले दर्ता गराएका थिए । पुलिसले उनलाई भेटेपछि घटनाबारे सबै तथ्य बाहिर आएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post