गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र अचम्म भयो, एकजना रङ्गेहात पक्राउ


गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र एकजना रङ्गेहात पक्राउ परेका छन ।न्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरी सोमबार पक्राउ परेका छन् ।

त्रिशुलीबाट गल्छी हुँदै काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अरुणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठकुरी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । (तलपनी हेर्नुहोस)

यस्तै, अवैध लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडी रहेका छन् ।ति

 किशोरलाई गौरीगंगा नगरपालिका-९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु सहित ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीलेआइतबार दिउँसो पक्राउ गरेको हो ।

उक्त लागु औषध प्रहरीले ति किशोरलाई चेक जाँच गर्ने पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post