गुडिरहेको गाडी’मा ढुङ्गा खस्दा ९ जना’को मृ’त्यु, पुल नै ...

गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाचल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ९ जनाको मृत्यु भएको छ । भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ९ जनाको ज्यान गएको हाे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परी मुत्यु हुनेमा पर्यटकहरु रहेका छन् ।उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दुर्घटना भएको बताइएको छ । तीन जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।

घटनाको जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।यसैगरी हिमाचलका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटना निकै दुःखद रहेको भन्दै पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेकाे भिडियाेमा देखिन्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post