सिद्धार्थको अन्तिम संस्कारमा यस्तो हालतमा पुगिन् शहनाज, भाइले सम्हाले

काठमाडौं । चर्चित टिभी अभिनेता एवं बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको आकस्मिक मृत्युबाट सबै स्तब्ध भएका छन् ।शुक्लाको निधनको खबरबाट बिग बोसमा उनको सबैभन्दा नजिक रहेकी अभिनेत्री शहनाज गिलको अवस्था खराब बनेको छ ।

सिद्धार्थको मृत्युको खबरपछि शहनाज आमासँग छिन् । उनी सिद्धार्थकी आमाको ख्याल राखिरहेकी छिन् ।उनी परिवार जस्तै हरेक पल सिद्धार्थकी आमासँगै बसेकी हुन् । यो सबै जानकारीबीच शहनाजका बुबाले जे जानकारी दिए, त्यसले सिद्धार्थका प्रशंसकहरुलाई थप दुःखी बनाएको छ ।

शहनाजका बुबाले छोरी बारम्बार बेहोस भएको रोएर नियन्त्रणमा नरहेको भन्दै जानकारी दिएका हुन् ।शहनाजले आफ्नो बुवासँग भनिन्, ‘बाबा, अब म कसरी बाँच्न सक्छु ?’ शहनाजका बुबाका अनुसार सिद्धार्थ शुक्लाले शहनाजको काखमा अन्तिम सास लिएका थिए ।

शहनाज नराम्रोसँग दुःखी भएकी छिन् ।जानकारी अनुसार, सिद्धार्थले उनको काखमा अन्तिम सास लिएपछि उनी त्यसबाट बाहिर आउन सकिरहेकी छैनन् । शहनाजका बुबा सन्तोक सिंहले मिडियालाई शहनाज रोएर नराम्रो अवस्थामा पुगेको बताएका हुन् ।शहनाजका बुबाका अनुसार सिद्धार्थको मृत्यु शहनाजको काखमा भएको थियो ।

शहनाज बारम्बार रोइरहेकी छिन् । छोरी अब कसरी बाँच्न सक्छिन् भनेर उनले प्रश्न गरेका छन् ।मिडिया रिपोर्टका अनुसार, शहनाज सिद्धार्थको घरमा थिइन्, जब उनी बिहान उनलाई लिन आइन्, सिद्धार्थले कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि, सिद्धार्थलाई शहनाजले आफ्नो काखमा राखेकी थिइन् ।त्यसको बावजूद, सिद्धार्थ केहि बोलेनन् ।

त्यसपछि शहनाजले यो जानकारी सम्पूर्ण परिवारलाई दिएकी हुन् ।सिद्धार्थलाई अस्पताल लगियो । कूपर अस्पताल लगिएपछि डाक्टरहरुले उनको परीक्षण गरेर डाक्टरहरुले उनलाई मृत घोषित गरेका हुन् ।त्यसपछि उनको मृत्युको खबर फैलियो । यो खबर सुनेपछि सिद्धार्थका साथी कलाकारहरु, फ्यानहरु शोकमा डुबेका छन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post