मन्त्रीले लाइभमा भिडियो अन्तरवार्ता दिँदै थिइन् , त्यती नै बेला उनका छोरा यस्तो अचम्मको बस्तु देखाउन आइपुगेपछि (भिडियो हेर्नुस्)


एजेन्सी । सामाजिक सञ्जाल अहिले सबैका लागि सजिलो माध्यम भएको छ । आफ्ना कुराहरु सार्वजनिक गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ । ठूला राजनीतिक कार्यक्रमहरु पनि आजभोली भर्चुअलमा हुने गरेका छन् ।

 तर कहिले काँही सावधानी नअपनाउँदा केही रमाइला घटना पनि हुन्छन् । यस्तै एउटा रमाइलो घटना न्यूजिल्याण्डमा भएको छ ।

त्यहाँकी मन्त्री लाइभमा भिडियो अन्तरवार्ता दिँदै थिइन् । न्यूजिल्याण्डकी सामाजिक विकास मन्त्री कार्मेल सेपुलोनीका छोरा त्यती नै बेला एक अनौठो बस्तु देखाउन आइपुगे । उनले छोरालाई रोक्ने कोशिष गरीन् तर छोरा मानेनन् । उनी निकै उत्साहित थिए आमाले के गर्दैछन् भन्ने कुरा नै उनले वास्ता गरेनन् ।

वास्तवमा कार्मेल सेपुलोनी एक अन्तरवार्ता दिइरहेका बेला उनका छोरा कोठामा आएपुगे र गाजर देखाउन थाले । कार्मेल सेपुलोनी आफ्नो छोरालाई गाजर नदेखाउ भन्दै रोक्छिन् तर पनि उनी मान्दैनन् ।

सामाजिक विकासमन्त्री कार्मेल सेपुलोनी, रेडियो समोआसँग एक लाइभ जूम अन्तरवार्ताका दिइरहेकी थिइन्, त्यतिबेला उनका कान्छो छोरा आफ्नी आमालाई आफूले भेटेको अचम्मको देखिने गाजर देखाउन उत्साहित हुँदै कोठामा प्रवेश गरेका हुन् ।

यो भिडियोलाई ७० हजारभन्दा बढी पटक हेरिसकिएको छ । कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि हतारमा माफी माग्दै भनिन्, ‘एक सेकेन्ड पर्खनुहोस्, मेरो छोरा कोठामा आयो ।’

यद्यपि, उनका छोराले मुस्कुराउँदै गाजर देखाउन जारी राखे । त्यसपछि मन्त्री गाजर खोस्न कोसिस गर्न थालिन् । पछि उनका छोरा कोठाबाट बाहिरिए ।

मन्त्री कार्मेल सेपुलोनी जब आफ्ना छोरासँग गाजर खोसिरहेकी थिइन् तब उनले छोरालाई भनिन्, ‘म एक अन्तरवार्ता गरिरहेकी छु र म अनलाइन छु ।’ त्यसपछि उनका छोराले जवाफ दिए, ‘ओह’ ।

मन्त्रीले पछि ट्वीटरमा यो रोचक घटनाबारे कुरा गर्दै भनिन्, ‘म त्यतिबेला अपमानित महसुस गरिरहेकी थिए । अब यो घटना याद गरेर आफ्नो हाँसो रोक्न सकिरहेकी छैन ।’

मन्त्री कार्मेल सेपुलोनीले ट्वीटरमा लेखिन्, ‘त्यो क्षण जब तपाईं जूममा एक लाइभ अन्तरवार्ता गरिरहनु भएको छ र तपाईंको छोरा चिच्याउँदै कोठामा आएर एउटा अचम्मको गाजर देखाउन थाल्छन् । हामी क्यामरामा गाजरका लागि लगभग कुस्ती गरिरहेका थियौं र अब मलाई यो सम्झिँदा हाँसो लागिरहेको छ, तर त्यतिबेला त्यस्तो लागेको थिएन 

’भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post