विदेश गएको श्रीमान ४ वर्षदेखि बे पत्ता,श्रीमती रु दै खोजी गर्दै छिन् (भिडियो हेर्नुस्)

झापा दमक ३ बस्ने रामाकुमारी तामाङका श्रीमान दिनेश तामाङ अहिले वैदेशिक रोजगारीको सीलसीलामा कतरमा छन् ।सुरुमा करिब १० वर्ष साउदी बसेका उनी श्रीमतीले नजानु भन्दा भन्दै फेरि पैसा कमाउने भन्दै उनी विदेश लागेका थिए ।

तर श्रीमान दिनेश गएको ४ वर्ष देखि सम्पर्क बिहिन भएको रामकुमारीले बताइन् ।श्रीमान र आफ्नो निकै राम्रो सम्बन्ध भएको र आजसम्म कहिलै मनमुटाव नआएको उनी बताउछिन् ।सम्बन्ध निकै राम्रो रहदापनी अहिले श्रीमान हराए पछि उनी चिन्तित छिन् ।

दिनेशले श्रीमतीलाई पैसापनि निकै कम पठाउने गरेको र अहिले उनी सम्पर्क मै नआँउदा आफुलाइ जीवन धान्नै गाह्रो परिसकेको बताउछिन् ।दिनेश घरबाट बाहिर निस्कने बित्तिकै घरलाई बिर्सने गरेको र निकै कम बोल्ने गरेको उनले बताइन् ।

छोराछोरीको पनि अहिले बि जोग भएको र खान लगाउन नै अहिले समस्या आएको हुँदा उनी रु दै श्रीमानको खोजी गरिदिन आग्रह गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post