धरानका मेयर र जनताबीच उपमहानगरपालिका भित्रै भयो हा नाहान (भिडियो हेर्नुस्)


धरान उपमहानगरपालिकाका मेयर तिलक राई र हर्क साम्पाङ राईको नेतृत्वमा गएको टोली बिच उपमहानगरपालिका भित्रै हा नाहान भएको छ ।

तर हा नाहान चाहिँ बैचारिक,बौद्धिक र बातचीतको हा नाहान भएको छ ।हर्कका अनुसार धरान उपमहानगरपालिकाको बाटाहरुमा निकै खल्डा भएको तर स्थानीय सरकारले यसको लागि केही कदम नचालेको उनले बताएका छन् ।

हर्कका अनुसार उनको टिमले धेरै पटक यसबारे मेयरको ध्यान आकर्षण गर्न चिठी,निवेदन पेस गरेको तर अहिलेसम्म केहि काम नगरेको उनको आरोप छ।यदि सरकार,मेयरले सरकारकै काम गर्न नसक्ने हो भने जनता आफैंले १००/५० उठाए सरकारलाई बाटो बनाउन सहयोग गर्ने बताए ।

जवाफमा मेयर तिलकले बाटोको खाल्डो पुर्न आफैंले पनि सहयोग गर्न तयार भएको तर सरकारी पैसाले बनाउने ठाउँमा यसरी जनताबाट चन्दा उठाए जसरी जस्तो सजिलो नहुने बताए ।सरकारी पैसा एउटा विधि,प्रक्रियाबाट आउने र बजेट अनुसारले विभाजन गर्दै अगाडि बढ्नुपर्ने बताए ।बाटो आफैंले बनाउने तर समय अनुकुल र बजेट अनुसारले बनाउदै जाने उनले बताए ।

साथै बिजुलीको प्रती युनिट ४० भएको र त्यसलाई कम गर्दै २५ रुपैया युनिटमा झार्न भन्दै टोलीले मेयरलाई कु टौला झै गरेका छन् ।मेयर तिलक राइले बिजुलीको पैसा घटाउन नसक्ने भन्दा टोलीले उनलाई झन्डै पि टेको थियो 

सरकारले २०,००० लिटरसम्म निशुल्क पानी बाड्ने भन्दै बजेट भासन गरेको तर यो कार्योनयन नभएको भन्दै जनताले मेयरलाई थ र्काएका छन् ।जवाफमा मेयरले बजेट भासनले उपभोक्ता समितिलाई भनेको हो कि,खानेपानी संस्थानलाई भनेको हो कि,खानेपानी बोर्डलाई भनेको हो ? यो प्रष्ट नभएको हुँदा यसलाई आफुले कार्योनयन गर्न न सकेको बताए ।

मेयर राईले धरानका मान्छेले आफुलाई प्रश्न गर्न पाउने अधिकार भएको तर प्रश्न गर्न आउँदा एउटा विधि र प्रक्रिया अनुसार आउदा अझ राम्रो भन्दै हर्क साम्पाङ राईको टोलीलाई सुझाव दिएका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post