घाँटी तथा शरीरको अन्य भागको कालोपन घरेलु तरिकाबाट यसरी सजिलै हटाउनुहोस्

एजेन्सी । छालाको सौन्दर्य कायम राख्नका लागि महिलाले विभिन्न किसिमका उपाय अप्नाउने गर्दछन्। विभिन्न व्युटी ट्रिटमेन्टसको प्रयोगबाट महिलाले आफ्नो छालालाई मुलायम र ग्लोब बनाउने गर्छनन्।

उनीहरुको सबैभन्दा बढी ध्यान अनुहारका लागि हुने गर्दछ। यसै क्रममा गर्दनको कालोपनबारे कतिपय महिलाको ध्यान नपुगेको हुन सक्छ। अनुहार जति सुन्दर भएपनि गर्दन कालो भए त्यसले सौन्दर्यलाई फिक्का बनाउने गर्दछ।

आज हामी तपाईलाई गर्दनको कालोपन हटाउने केही यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। ती मध्ये कुनै एकको प्रयोग मार्फत तपाईले आफ्नो गर्दनको कालोपन हटाउन सक्नुहुनेछ।

काँचो मेवा

धेरै जसो महिलाले स्वास्थ रहनका लागि काँचो मेवाको सेवन गर्ने गर्दछन्। के तपाईलाई थाहा छ रु काँचो मेवा गोरो छालाका लागि निकै फाइदाजनक हुने गर्दछ। गर्दनको कालोपना हटाउनका लागि तपाई यसलाई सजिलै प्याक बनाएर प्रयोग गर्न सक्नुहुनेछ। त्यसका लागि सबैभन्दा पहिले काँचो मेवालाई सिक्सरमा पिसेर पेस्ट बनाउनुहोस्। त्यसपछि यसमा गुलाब जल र एक चम्चा दही मिलाउनुहोस्। यो पेस्टलाई गर्दनमा लगाएर १५ समेटपछि सफा पानीले धुनुहोस्। केही दिनको नियमित प्रयोगबाट तपाईको गर्दनको रङ सफा र गोरो देखिन थाल्दछ।

कागती र मह

अनुहारको त्वचा सुन्दर र जवान राख्नका लागि कागती र मह सबैभन्दा उत्तम उपाय मानिन्छ। यी दुबै तत्वले अनुहारलाई ग्लो बनाउछ र अनुहारलाई पोषण दिने गर्दछ। यदी तपाई यी तत्वबाट गर्दनको निखार ल्याउन चाहनुहुन्छ भने एउटा कचौरामा एक चम्चा मह र कागतीको रस मिलाउनुहोस्। अब यस प्याकलाई गर्दनमा लगाउनुहोस्। १० मिनेटपछि यसलाई सफा पानीले सफा गर्नुहोस् । नियमित केही दिनको प्रयोगबाट तपाईले त्यसको नतिजा आफै देख्न थाल्नुहुनेछ।

बेकिङ सोडा

भान्छामा प्रयोग हुने बेकिङ सोडालाई तपाई छालाको सफाइका लागि पनि प्रयोग गर्न सक्नुहुनेछ। बेकिङ सोडाबाट तपाई आफ्नो गर्दन सफा गर्न चाहनुहुन्छ भने एउटा कचौरामा दुई चम्चा बेकिङ सोडा राखेर त्यसमा थोरै पानी मिलाउनुहोस्। पेस्ट तयार भएपछि त्यसलाई गर्दनमा लगाउनुहोस्। ५ मिनेटपछि त्यसलाई धुनुहोस्। केही दिनको नियमित प्रयोग गरेपछि नतिजा तपाईकै अगाडि आउने छ।

बेसन र कागती

यदी तपाई गर्दनको त्वचालाई कोमताका साथ सफा गर्न चाहुनुहुन्छ भने बेसनको प्रयोग गर्नुहोस्। त्यसका लागि एक चम्चा कागतीको रस र एक चम्चा बेसनको पिठोबाट पेस्ट तयार गर्नुहोस्। त्यसपछि उक्त पेस्ट गर्दनमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस्। यस प्याकले तपाईको गर्दनको छाला सफा हुनुका साथै त्वचामा ग्लो ल्याउँछ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post