
जंगलको बिचमा केही छिन यहाँ बस म फर्केर आइहाल्छु भनेर आमालाई छोडेर गएका छोरा अहिलेसम्म पनि फर्किएनन् । अहिलेसम्म पनि यी बृद्ध आमा छोराको प्रतीक्षा गरेर बसिरहेकि छिन् ,कयौ बर्ष बितिसक्यो तर अहिलेसम्म पनि आएनन्।
आमाले छोरोलाई अत्याधिक धेरै सम्झिने गर्छिन् ।कतै छोरो आइहाल्छकि भन्दै बाटो कुरिरहेकि छिन्।परिपरि घनाघोर जङ्गल छ ,सामुदायिक जंगलभित्र टिनले बेरेर सानो झुपडी बनाएर यी आमा बस्दै आएकि छिन् ।आफुलाई समाजले उनिहरु सगै ब्ने व्यवस्था नमिलाईदिएपछि आफू यसरी जंगलमा बस्न बिबस भएको आमा बताउँछिन् ।
गुल्मिको मुसिकोट नगरपालिका स्थित यी बुढि आमा रहदै आएकि छिन् ।आमा अहिले एक्लै बस्दै आएकि छिन् ,श्रिमानको धेरै पहिले मृ त्यु भैसकेको र छोरिहरुको बिवाह भैसकेको र बाकि दुई छोराहरु पनि बेपत्ता बराबरनै भएपछि आमा अहिले एकदमै दयनिय जीवन बेथित गर्न बाध्य छिन् । आर्थिक अवस्था निकै नै कमजोर भएसगै अन्न रासन पानी कहिलेकाही नहुदा आमाले भोकै पनि धेरै रातहरु बेथित गरेकिछिन् ।
हेर्नुस् भिडियो सामाग्री