
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलादूरसञ्चार र इन्टरनेटबाट सरकारलाई साढे ३ अर्ब रोयल्टी, कसले कति बुझाए ? काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा दूरसञ्चार सेवाप्रदायमार्फत कुल ३ अर्ब ५३ करोड रुपैयाँ रोयल्टी बापत आम्दानी गरेको छ ।
सेवाप्रदायकको आफ्नो कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रकम सरकारलाई रोयल्टीबापत बुझाउनुपर्ने प्रावधान छ । त्यसैका आधारमा गत आवमा ८२ वटा दूरसञ्चार सेवाप्रदायकले कुल ३ अर्ब ५३ करोड १२ लाख २६ हजार ७४० रुपैयाँ सरकारलाई बुझाएका हुन् । यसरी रोयल्टी बुझाउनेमा निजी मोबाइल सेवाप्रदायक एनसेल आजियाटा सबैभन्दा अघि छ । एनसेलले गत आवमा २०७७/०७८ मा सरकारलाई एक अर्ब ८७ करोड ७ लाख ३५ हजार ५२८ रुपैयाँ
रोयल्टी बुझाएको छ । जुन सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भन्दा ४८ करोड रुपैयाँ बढी हो ।नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपाल टेलिकमले गत वर्ष एक अर्ब ३८ करोड ९३ लाख ३३ हजार ३८४ रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ । यसरी अर्बौं रोयल्टी तिर्नेमा एनसेल र नेपाल टेलिकममात्रै रहेका छन् । टेलिकम क्षेत्रको तेस्रो ठूलो सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले भने हालसम्म रोयल्टी
बुझाएको छैन ।टेलिकम सेवाप्रदायक बाहेक इन्टरनेट सेवा प्रदायक (आईएसपी) तर्फ रोयल्टी बुझाउनेमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक अघि रहेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार कम्पनीले गत आवमा ११ करोड ८२ लाख २५ हजार रुपैयाँ रोयल्टीबापत सरकारलाई बुझाएको छ ।इन्टरनेटतर्फ रोयल्टी धेरै बुझाउने सूचीको दोस्रो स्थानमा सुबिसु केबलनेट प्रालि रहेको छ । सुबिसुले गत आवमा सरकारलाई पाँच करोड ७० लाख १४
बिदेश गएको श्रीमान १२ बर्ष पछि कान्छी श्रीमती संग घर बनाइ बसेको देख्दा जेठि श्रीमती..(भिडियो सहित हेर्नुहोस )