डाक्टरले नै अब धेरै बाच्दैनन् भनेपछि बिरामीले ‘अब म बाँचेर काम छैन घाट लैजान’ भन्न थालेपछी…(हेर्नुहोस भिडियो)


पोखराको जिएमसी अस्पतालमा उपचारार्थ एक युवकलाई चिकित्सकले उनको अब धेरै दिन बाँकी नरहेको भन्ने जवाफ दिएपछि उनका आफन्त आ क्रो शित भएका छन् । पोखराकै ३६ वर्षीय थमन थापालाई अस्पतालले गण्डकी अस्पतालमा रेफर गरिदियो । 

उनलाई उपचारमा संलग्न चिकित्सकले युवकको फोक्सो विग्रिएको छ, धेरै दिन बाँच्दैनन् भनेको भन्दै आफन्त रिसाएका हुन् ।अस्पतालका डाक्टरले नै विरामीलाई अब सिकिस्त छन् भनेर भनिदिएपछि थप समस्या आएको भन्दै विरामीको दिदीले बताइन् । दिदीले भनिन्, विरामीलाई देख्ने गरी फोक्सोको एक्सरे देखाउँदै यसले काम गरेको छैन । फोक्सोको मात्रा सबै खराब छ जतिवेला पनि जे पनि हुनसक्छ विरामीले सुन्नेगरी यस्तो भनेपछि विरामी थप आत्तिए । उनले आफुलाई एउटा औषधी छ तर त्यो निकै महंगो छ भनेर भनेको पनि दिदीले बताइन् ।

डाक्टरको यस्तो कुरा विरामीले सुनेपछि बिरामी थप हतोत्साही भएको उनीहरुको भनाई छ । हामीलाई भनेको भए राम्रो हुन्थ्यो तर सिरियस विरामीको अगाडी, उनीहरुले सुन्ने र देख्ने गरेर अवस्थाको बारेमा भन्न नहुने उनीहरुको भनाई छ । गण्डकीमा निकै आत्तिएर यो अस्पतालमा ल्याएका थियौं । गण्डकीमा ६५ प्रतिशत मात्र अक्सिजन थियो तर यहाँ ल्याए पछि ९५ प्रतिशत अक्सिजन लेवल देखिएको थियो । राम्रो हुँदै गएको थियो तर डाक्टरले नेगेटिभ काउन्सिलिगं गरे पछि बिरामीले अब मलाई घाटमा लैजाउ भन्न थालेको आफन्तको भनाई छ ।

अहिले हामीलाई नजिक पर्ने दिनुहुन्न बिरामीले, अब म बाँचेर काम छैन घाट लैजान भन्नुहुन्छ, राम्रो हुँदै गएको बिरामीको अहिले मनस्थिती बिग्रिएको छ विरामीको आफन्तले भने ।

हेर्नुहोस भिडियो सामग्री 


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post