भ्वाइस अफ नेपाल बाट बाहिरिएकी ज्यामी काम गर्ने एलिनाको नयाँ गीत, एकछिनमै बन्यो भाइरल (भिडियो हेर्नुस्)


भ्वाईस अफ नेपालबाट बाहिरिएकी चटपटे बेच्ने एलिना उदासको गीतको भिढियो आएको छ । गितमा ‘भ्वाईस अफ नेपाल’को व्याटल चरणबाट बाहिरिएपछि चौरमा चटपटे, सेकुवा बेच्न थालेकी सुमधुर स्वरकी धनी, मेहेनती, सँघर्षशिल गायिका एलिना उदासको स्वर रहेको छ । 

घर बनाउने काम गर्दै बुढि आमालाई पालिरहेकी एलिना उदास भ्वाइस अफ नेपालको ब्याटल चरण सम्म पुग्न सफल भएकी थिइन् ।भ्वाइसबाट बाहिरिए सँगै उनले घरमा भएकि बुढि आमालाई पालनको निमित्त चटपटे बेच्ने कामको थालनी गरेकी थिइन् । त्यसै क्रममा सञ्चारकर्मी शिशिर भण्डारीले चटपटे बनाएर बेच्दै गरेको स्थान बाटै अन्तरवार्ता भिडियो सार्वजनिक गरेका थिए । हुनत शिशिरले अन्तरवार्ता लिएरै धेरै लाई हिट कलाकार गायिका बनाई सकेका छन । अब पालो एलिना उदासको । उनले एलिनाको यो गीत को तयारीमा कुनै कसर छोडेका छैनन् । भण्डारीको कानमा समस्या आएर अप्रेसन गरी ओछ्यानमा रहेको अवस्थामा पनि उनले गीतको रेकर्डिङको कार्य सम्पन्न गरेका थिए ।

सायद शिशिर भण्डारीको यही लगनशीलता र काम प्रतिको उनको इमान्दारितालाई सम्पूर्ण दर्शकहरू ले विश्वास गरेर माया दिएका हुन । भिडियोमा शिशिर सँगै नयाँ अनुहार श्री केसी, सबैका प्रिय कलाकार बिना राउत, नृत्य गर्दै ‘छमछमी सिजन तिन’का विजेता र हाल टिक टक बाट निकै माया पाउन सफल भएका सरोज प्रजाको अभिनय देख्न सकिने छ । सन्तोष राजबहाकको निर्देशन मा तयार भएको भिडियो गीतलाई उत्सव दाहालले छायांकन गरेका छन् । गितमा शिशिर 

भण्डारीको आफनै शब्द सङ्गीत रहेको छ भने कुसल सिंहको एरेन्ज रहेको छ ।शिशिर भण्डारीको साङ्गीतिक यात्राको पछिल्ला दिनहरु यसरी सुरुवात भएका थिए । रेडियो प्रस्तोता हुँदै टेलिभिजन प्रस्तोता कलाकार सामाजिक अभियन्ता संगै अहिले आफैले शब्द संगीत गरेर रचना रिमालको आवाजमा सार्वजनिक भएको ‘फोटो फिरीममा‘ गीत पछि कलाकार सामाजिक अभियन्ता सँगै शिशिर भण्डारी साङ्गीतिक क्षेत्रमा पनि सम्पूर्ण नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् । उनले ‘फोटो फिरीममा’ निकाल्नु अघिनै बजारमा उनको राम्राे लगानीमा हाम्रो ‘माया जिन्दावाद’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो तर त्यस गीतले सोच जस्तो सफलता भने पाउन सकेन तर भण्डारी यति चाँडै हार खाएर कुनै पनि क्षेत्र छोडने व्यक्ति भने हैन्न ।

उनले लगातार आफनो सङ्गीत लेखन लाई कायमै राखे ‘फोटो फिरिममा’ जस्ता गीतको शब्द लेखेर थोरै लगानीमा रचना रिमालको आवाजमा स्टोरी लिरिकल भिडियो सार्वजनिक गरे संगै त्यस भिडियोले सोचे भन्दा धेरै सफलता पायो । लगत्तै भण्डारीले ‘फोटो फिरिममा’को मेल भर्सन ‘फोटो फिरिममा -२ रुमाल चिनो’ छ र त्यसकै सिक्वेल बन्ने तयारीमा रहेको छ । ‘फोटो फिरिममा’ गीत लेखन गरेर आफैले अभिनय गरेको गीत ले नेपाली साङ्गीतिक बजारमा एउटा इतिहास बनाउन सफल भए पछि शिशिर भण्डारीले अहिले पछाडि फर्केर भने हेर्न परेको छैन् ।

 हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post