नेपाली चेली सम्झना बनिन् दक्षिण कोरियामा प्रहरी अधिकृत, सुनाइन् संघर्षको कथा (भिडियो सहित)


नेपाली चेली सम्झना बनिन् दक्षिण कोरियामा प्रहरी अधिकृत, सुनाइन् संघर्षको कथा (भिडियो सहित)

रोजगारीको लागि वा अन्य किसिमले दक्षिण कोरि’यामा बसोबास गरिरहेका नेपालीका लागि भन्दै दुई नेपाली युवाले Stories Tellers कार्यक्रम सञ्चालनमा ल्याएका छन् । विराटनगरका राल्फ गिरी र सिन्धुपाल्चोकका अरुण श्रेष्ठ ‘ईपीएस छिङ्गु’ले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेका हुन् । उनीहरू दुवै दक्षिण कोरि’यामा रोजगाररत छन् ।

राल्फ गिरी र अरुण श्रेष्ठ

कोरियामा गरेको दुःख, संघर्ष र सफल’तालाई भिडियो मार्फत व्यक्त गर्ने प्ल्याटफोर्मको रुपमा संचालन गरिरहेको कार्यक्रम Stories Korea नामको युटुब च्यान’लमा सार्वजनिक गर्ने गरिएको राल्फ गिरी बताउँछन् ।

कार्यक्रम ब्यानर

हरेक हप्ता उक्त युटुब च्यानलमा एउटा भिडि’यो अपलोड गरिने गरिएको छ । अहिले सम्म ६ जनाले आफ्नो कथा सुनाई सकेका छन् । र त्यसको प्रतिक्रिया पनि राम्रो आइर:हेको गिरी बताउँछन् ।

स्टोरी टेलर कार्यक्रममा सहभागीहरू

Stories Tellers के को लागि ?

यो कार्यक्रम कोरियामा कार्यरत नेपालीहरुको दुःख संघर्षलाई व्यक्त गरी अन्य नेपाली हरुले भोगिरहेको दुःख कष्ट’लाई हल्का गर्नका लागि ल्याईएको ईपीएस छिङ्गुको भनाई छ ।

उनी भन्छन्: आफूलाई मात्र दुःख पीडा परेको भन्ने मनोविज्ञानलाई चिर्नको लागि यो कार्यक्रमले सघाउँछ र डिप्रेसनमा परेकाहरूलाई पनि यसले बाहिर ल्याउन सहज पुर्याउँछ। हौ’शला र उत्प्रेरणा बढाउँछ भन्ने हेतुले यो कार्यक्रम गरिए’को हो । यसले सबैको दुःख बराबरी रहेछ र परदेशमा रहेका नेपालीहरुको दुःख साझा हो भन्ने धारणा को विकास गराउँछ । ”

कसले सुनाउन सक्छ त आफ्नो भोगाइको कथा ?

स्टोरी टेलरमा जो सुकैले पनी आफ्नो कथा सुना’उन सक्ने राल्फ गिरी बताउँछन् । मेरो कथाले अरूलाई सकारात्मक संदेश दिन्छ भन्ने लाग्ने जतिले आफ्नो भोगा’ई सुनाउन सक्नेछन् । जसले अरूलाई पनि उत्प्रेरणा मिलोस् ।

कार्यक्रम उत्पादन सहयोगीको खोजी

Storis Tellers कार्यक्रम स्पोन्सर अहिले सम्म नभएकाले ईच्छुक हुनेले कार्यक्रम उत्पादन सहयोग गर्न हुन कार्यक्रम टिमले अनुरोध गरेको छ । अहिले सम्म व्यक्तिगत खर्च बाटनै कार्यक्रम चलिरहेकोले स्पोन्सर गर्न चाहनेका लागि आह्वान गरिएको छ ।

कार्यक्रमम निर्माणमा एन आर एन कोरियाले उक्त कार्यक्रमलाई चाहिने हलको व्यवस्थापन गरेको छ । त्यस्तै संदेश लिम्बू , विकास राई ‘अज्ञात , विक्रम योञ्जन, आशिष कार्की लगायतको प्राविधिक सहयोग रहेको छ । र यो कार्यक्रम एक सय एपिसोड सम्म पुर्याउने योजना रहेको राल्फ गिरी बताउँछन् ।

त्यस्तै कोरियामा गरेको संघर्ष र सफलताको कथालाई सुनाउने क्रममा दक्षिण कोरियामा प्रहरी अधिकृत बनेकी सम्झना राईले पनि आफ्नो कथा सुनाएकी छिन् ।

उनी दक्षिण कोरियाको प्रहरीमा पहिलो नेपाली मूलकी कोरियन महिला भर्ती भएकी हुन । भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना कोरिया प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भर्ती भएकी हुन् ।

३० वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।

भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी हुन् ।

सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताइन् ।

राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै स’मस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post