बेवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्तनपान, दुनियाँका आँखा रसायो, को हुन ती महिला प्रहरी ?

सामाजिक सञ्जालमा निकै भा'ईरल सबैले रु'चाएको तस्विर जहाँ एक महिला पहरीले स्ता'नपान गराईरहेकी छिन् । यो तस्विर देख्दा सायद जोकोहिको पनि आखा नरसाउला भन्न सकिन्न ।

यो तस्विरको सम्बन्धमा खोज अनु'सन्धान गर्दै जादा अर्जिेन्टिनाको रहेको पुष्टि भएको छ । अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शि'शुलाई स्त'नपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको त्यो महान कार्यले गर्दा उनलाई बढुवा समेत गरिएको छ ।

स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन् । अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उ'द्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन् ।

उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्त'नपान गराएकी थिइन्।

सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालाई स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए ।

तस्विर पोस्ट भए लगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए । रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालाई यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post