
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलायही अवस्था अन्य पार्टीमा पनि छ । नेकपा माओवादीमा पुष्पकमल दाहाल अध्यक्ष भएको कति वर्ष भयो ? तत्कालै उनलाई टक्कर दिने को छ ?
के माओवादीमा पार्टी सम्हाल्न सक्ने अरू कोही छैन ? कसैले दाहाललाई चुनौती दिन सक्दैन ? अह ! अहिलेसम्म देखिँदैन । अझै आउने महाधिवेशनबाट पनि माओवादी अध्यक्ष दाहालै हुन् ।
माधव नेपालले एमाले कति वर्ष सम्हाले ? ओलीले के गरिरहेका छन् ? अब एमालेको नेतृत्वमा आउने को हो ? दोस्रो पुता भनिएकाहरूको अवस्था के छ ? नेतृत्वलाई चुनौती दिन सके ? कि नेतृत्वकै वरिपरि घुमेर जयजयकार गरिरहेका छन् । सबै छर्लङ्गै छ ।अरू साना दलको अवस्था पनि योभन्दा कति नै फरक छ र ? चित्रबहादुर केसी जनमोर्चा अध्यक्ष भएको कति वर्ष भयो ? राप्रपा अध्यक्ष को छ ? अब बन्ने को हो ? नेतृत्वमा उनीहरू नै छन् जो पटक
पटक पुगेका छन् । उनीहरूले न पार्टी बनाउन कुनै चमत्कारिक काम गरेका छन् न मुलुक नै । त्यो भए किन उनीहरू नै सधैँ शक्तिमा बसिरहन्छन् ? गम्भीर प्रश्न नै यही हो ।२०४६ को परिवर्तनपछि नेपालमा कति सरकार बने ? त्यसको नेतृत्वमा कोको पुगे ? औलामा गन्न सकिन्छ । हालका प्रधानमन्त्री देउवा एक्लैले पाँच पटक सत्तामा पुगि सके । अर्का धेरै पटक सत्ता सम्हाल्ने व्यक्ति काँग्रेसकै गिरिजाप्रसाद कोइराला हुन् । उनी अहिले भौतिक
रूपमा छैनन् । त्यसबाहेक दुई दुई पटक प्रधानमन्त्री बनेकाहरू छँदै छन् ।सत्ता र पार्टीको नेतृत्वमा पनि उनीहरूकै बोलवाला छ । अबका केही वर्ष पार्टी र सत्ताको नेतृत्वका आकाङ्क्षी को हुन् ? यिनै टेस्टेड असफलहरू होइनन् ? किन उनीहरू नै बारम्बार दोहोरिन्छन् । यसमा दोस्रो पुस्ता भनिएकाहरू नै जिम्मेवार छन् । उनीहरूमा हस्तक्षेप गर्नुको सट्टा नेतृत्वकै जयजयकार गरेर लाभ लिने गलत प्रवृत्तिको विकास भयो ।
विहे गरेको २० दिनमै भागिन् दुलही ।। पैसा र गहना लिएर भागेपछि श्रीमान फोटो देखाउँदै मिडियामा ।।
हेर्नुहोस् भिडियो सामग्री