दुनियाँ चकित पार्दै पार्ने यी युवती यस्तो कला ,नाँच भनेको यस्तो हुनु पर्छ (हेर्नुहोस् भिडियो सहित)


दाङ को थप गाउँ युटुब च्यानल A ONE टेलिभिजनको टिम पुग्दा एक जना बहु प्रतिभाशाली बहिनी भिटिईन । जो नृथ्य देखाउन अब्बल थिईन उनिहरुको एक टिम नै छ। कसैले गाउछन कसैले बजाउछन त कोही नाँच्छन ,बिवाह भोज, भत्तेर, जन्मदिन, उधापन, सांगे लगायत नेपाली सस्कारमा हर्षका हरेक अवसरमा कर्मर मर्काएर नाच्ने चलन छ ।

कहिले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसंगै ताल मिलाएर नाच्दै जाँदा समयको पत्तो पाइदैन् । ननाच्नेहरु पनि छेउछेउमा थपडी बजाएर हेरिरहेका हुन्छन् ।

रोदीघर देखि देउँसेसम्म, साकेला देखि सामाचखेवा सम्म नाचको आआफ्नै विशेषता छ । खुशीको अभिव्यक्त गर्न मान्छेमात्र नभई मयूर लगायतका बिभिन्न चरा अनि पशुहरुले सम्म नाच्ने गर्दछन् ।

धक फुकाएर अनि भावनालाई उजागर गर्ने हिसाबले नाच्न सक्नु एउटा कला हो अनि कहिलेकाँही त लाग्छ कि नाच अर्थात नृत्य आँफैमा एउटा दर्शन हो । खुशीको दर्शन अनि हर्षको दर्पण हो नृत्य, कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब नृत्य नै त हो ।

मानव सभ्यताको अनगीन्ती वर्षहरुदेखि नृत्य निकट रहेको छ मानव दैनिकीसंग । कहिलेकाँही त प्रकृतीलाई मात्र पनि गज्जबले नियाल्दा प्रकृती आँफै हरेक स्वरुपमा संगीत, ताल र लयमा लहलहाइरहेको भान हुन्छ, यहाँ झरेका पानीका थोपा अनि बहेका हावासम्म नृत्य गरिरहकेका छन् जस्तो लाग्छ ।

रुखवाट झरेको पात बिछोडको पीडा हो या स्वतन्त्रताको उत्सव हो ? तर नृत्य गर्दै झर्दछ जस्तो लाग्छ, पातको झराईमा गुरुत्वबल को लय अनि हावाको वहावको वान्की हुन्छ जस्तो भान भइदिन्छ ।

मान्छेभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुबैलाई नृत्यले प्रतिनिधित्व गर्दछ, आज हामी नृत्यकै बिषयमा कुरा गर्दछौं किनभने आज विश्व नृत्य दिवस हो है । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो ।

नृत्यलाई अझ एकप्रकारको प्रस्तुती या भनौ भाषा भन्दा पनि फरक नपर्ला, यो एउटा अभिब्यक्ति हो । भगवान देखि राक्षस सम्म, वालक देखि वृद्ध सम्म अनि धेरै हदसम्म पशुपक्षीहरुले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्य मार्फत अभिब्यक्त गर्दछन् । जोडी ढुकुर सँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाईला प्रस्तुती सँगै मान्छेले पनि समुदाय, धर्म, भाषा अनुरुप नृत्य प्रस्तुत गर्दछ ।

लाखे नाच देखि मारुनी सम्मका वान्की, सोई ढोले सोई देखि अलारुदल सम्मका कम्मरका चलाईहरु अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थूप्रै नृत्य अभ्यासहरु हामीमध्य कतिको रुची, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ । हो दैनिकि किनभने शरीरलाई स्वस्थ्य राख्न दैनिक शारीरीक अभ्यासकालागी नृत्य गर्ने चलन पनि त वढिरहेको छ , कि कसो ?

मुसुक्क मुस्काएर कम्मर हल्लाउदा अनि हातका वान्कीले भावहरु अभिब्यक्त गर्नको रस वेग्लै छ । शायद यसैले नै होला कसैले नृत्यको परिभाषा यसरी गरेका छन् ( सिधा भावनाहरुको तेर्सो अभिब्यक्तिनै नृत्य हो भनेँर ) रंगकर्ममा नृत्यको अझ विशेष महत्व हुन्छ भने सास्कृतीक रुपमा नृत्यमार्फत पुस्तौ पुस्ताले एउटा सस्कार थाम्दै आएका छन् ।

अतभुत नृत्य देखेईएको यो भिडियो हेर्नुहोस अब।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post