कर्मचारी कार्यालयमै मस्त निन्द्रामा, सूचना अधिकारीको फोन सालोले उठाएर यस्तो भन्छन...


काठमाडौ । सरकारी कार्यालयमा कति सम्म लापरवाही हुन्छ भन्ने कुराको उदाहरण दिँदै एउटा तस्बिर अहिले सामाजिक सञ्जामा भा'इरल छ । नागरिकको सबै भन्दा धेरै काम पर्ने र भिड हुने कार्यालयका कर्मचारीको त हालत उस्तै हुन्छ भने जनसम्पर्क कम हुने कर्मचारीका लागि काम नभएर समय विताउन समस्या हुन्छ ।

त्यस्तै कार्यालेको तस्बिर सामाजिक सञ्जालमा भा'इरल भएको हो । तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषाको हो ।

कार्यालयमा धेरै काम पनि हुँदैन । गर्मीको महिना कर्मचारीहरु काम विहिन भएर समय विताइरहेका छन् । आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए । उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा रहेको टेवुल माथि खुट्टा राखेर सुतिरहेका थिए । उनी कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।

घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए । कार्यालयका अन्य कोठाहरू पनि खाली थिए ।

कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए । कार्यालयमा रहेका टेलब कुर्सीमा कर्मचारी थिएनन् । केही मात्र थिए । उनीहरुकोपनि कामतर्फ कुनै ध्यान थिएन ।

यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो ।

उनले कार्यालयको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालयमा अनुपस्थित थिए । यतिसम्मको लापरबाही यो एक प्रतिनिधि तस्बिर मात्र हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post