घर निर्माणका लागि कुन माटो उपयुक्त हुन्छ ? यी कुरामा अनिवार्य ख्याल गर्नुहोस्

जमिनको विभिन्न तहमा ‘फिल्ड टेस्ट’ र ‘ल्याब टेस्ट’ गरी घरको जग कति गहिराइसम्म राख्ने वा माटो कमजोर देखिएमा कसरी बलियो बनाउने भन्ने कुरा निर्धारण गरिन्छ।

त्यसका लागि घरबाट जमिनमा पर्ने सम्भावित भार र एरिया पहिले नै निर्धारण गर्नुपर्छ । ‘घरबाट पर्ने सम्भावित भार र एरियाअनुसार ‘ड्रिलिङ’ गर्नुपर्ने गहिराइ निर्क्यौल गरिन्छ त्यसकारण एउटै क्षेत्रफलमा बनाइने १ तले घर र ५ तले घरका लागि ‘ड्रिलिङ’ गर्नुपर्ने गहिराइ फरक पर्न सक्छ।’

सामान्य घर बनाउने जग्गामा करिब ६ र ७ मिटरसम्म ‘ड्रिलिङ’ गरेर माटो निकाली ल्याबबाट परीक्षण गर्दा ६० देखि ७० हजार रुपैयाँसम्म लागत लाग्ने गर्दछ । इन्जिनियरका अनुसार ४ र ५ तला घरका लागि करिब १५ मिटरसम्म ड्रिलिङ गर्नुपर्दछ। यसका लागि साढे २ लाख रुपैयाँसम्म खर्च लाग्छ।
एउटै जग्गामा पनि माटोको तह फरक पर्न सक्ने भएकाले न्युनतम तीन ठाउँमा ‘ड्रिलिङ’ गरी माटो परीक्षण गर्नु उपयुक्त हुने इन्जिनियरहरुको भनाइ छ।

कमजोर माटो भए के गर्ने ?

यदी माटो बलियो भएमा घर बनाउन कुनै समस्या रहेन। तर कमजोर भए जमिनमुनिको माटो बलियो बनाउनका लागि सरल रुपमा नै गुणस्तर सुधार्न सकिन्छ।

त्यसका लागि जमिनको केही गईराईसम्मको माटो निकालेर इन्जिनियरहरुको सुझावअनुसार नयाँ माटो थपेर खाँद्न सकिन्छ। त्यसका अलवा हात्तिपाइले, र्याफ्ट, पाइलिङजस्ता विभिन्न विधिबाट पनि माटो तथा आधार बलियो बनाउन सकिन्छ।

हात्तिपाइले विधिमा सामान्यतः खाल्डो खनेर बलियो ढुंगामाटो थपेर सतहलाई बलियो बनाइन्छ। घरको आधार एरियालाई एउटै ढिक्कामा बाँध्नको लागि ‘र्याफ्ट’ फौण्डेसन गरिन्छ। यसका लागि आवश्यक डण्डी हाली सतह ढलान गरिन्छ।

पाइलिङ दुई तरिकाबाट गरिन्छ। एउटा ‘प्रिकास्ट पाइलिङ’ अर्को ‘कास्ट इन सिटु’। आवश्यक डायमिटरको प्वाल पारेर त्यसमा डण्डी हालेर ढलान गरिनु ‘कास्ट इन सिटु’ पाइलिङ हो भने प्रिकास्ट पाइलिङमा बाहिर नै पाइल तयार गरेर ह्याम्बलिङ गर्दै जमिनमा गाडिन्छ।

इन्जिनियर भन्छन् ‘विदेशतिर पाइलिङ’ को प्रयोग निकै हुने गरेको छ, तर यहाँ यो तरिकालाई अझै अवलम्वन गरिएको छैन।’

यदि माटोलाई बलियो बनाएर संरचना बनाएमा ढुक्क हुन सकिने भएकाले सबैलाई परीक्षण गर्न उनी सुझाव दिन्छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post