श्रीमानकी मिल्ने साथीसँग श्रीमतीको प्रेम बस्यो, सँगै बस्न थालेपछि यसरी फेरियो जीवन

श्रीमान, श्रीमतीको जीवनमा कुनै तेस्रो व्यक्तिको प्रवेशबारे सुन्नुभएको होला तर अमेरिकाको सिएटलमा यस्तो घटना सार्वजनिक भएको छ जुन थाहा पाउँदा तपाईं चकित हुनुहनेछ । यहाँ विवाहपछि जब श्रीमानलाई आफ्नी श्रीमती द्वीलिङ्गी भएको थाहा भयो तब उनले श्रीमतीलाई उपहारमा उनको प्रेम दिए । अर्थात्, श्रीमानले ती महिलालाई घरमा ल्याए जसलाई उनकी श्रीमतीले प्रेम गर्थिन् । त्यसपछि यी तीनजनाको जीवन कसरी चलिरहेको छ, यसबारे उनीहरुले निकै अचम्मित गरिदिने जानकारी दिए ।

अमेरिकाको यो जोडीको प्रेम कहानीको सुरुवात कलेजबाट भएको थियो । श्रीमान् जस्टिन व्यावसायिक रुपमा हास्यकलाकार हुन् । उनका अनुसार सन् २००६ मा एक कमेडी शोको क्रममा उनको भेट रियल स्टेट असोसिएट केटी रुपलसँग भएको थियो । यो भेट प्रेममा बदलियो । यी दुईले एक–अर्कालाई थुप्रै वर्षसम्म डेट गरे ।

सन् २०१३ मा केटी र जस्टिनले विवाह गरे । विवाहपछि श्रीमान्–श्रीमतीबीच केही कुरा लुक्दैन भन्ने गरिन्छ । यस्तै, एक गोप्य जानकारीबारे जब केटीले श्रीमानलाई बताइन्, तब उनी हैरान भए ।

केटीले बताए अनुसार उनी द्वीलिङ्गी हुन् र यसबारे आफू उत्सुक भएको र यसबारे थप जानकारी लिन चाहेको बताइन् । त्यसपछि उनले जस्टिनकी साथी क्लेयरबारे कुरा गरिन् । क्लेयरलाई उनले आफ्नो सोसल मिडिया अकाउन्टमा देखेको र उनीतर्फ आफू आकर्षित भएको पनि

जस्टिनले बताए अनुसार ३६ वर्षीया क्लेयर थोर्नहिल उनकी कलेजकी साथी हुन् । जब आफ्नी श्रीमतीले क्लेयरलाई प्रेम गर्ने उनले थाहा पाए तब एकदिन उनले श्रीमतीसँग मिलेर क्लेयरलाई यसबारे कुरा राखे ।

क्लेयरले यसबारे कुरा गर्दै भनिन्, ‘जब जस्टिन र उनकी श्रीमती केटीले यसबारे कुरा गरे तब म सुरुमा त निकै अचम्ममा परेँ तर म पनि पहिले देखि नै महिला–पुरुष दुबैमा रुची राख्ने भएकोले म उनीहरुसँगै बस्न राजी भएँ ।’

तीनैजनाका अनुसार यस्तो प्रकारको सम्बन्ध टिकाउनका लागि टीमवर्क र राम्रो संवाद आवश्यकता पर्छ । तीमध्ये यदि कसैलाई कुनै कुरा चित्त बुझ्दै वा कुनै कुरामा जलन हुन्छ भने उनीहरु एक–अर्कासँग बसेर यसबारे चर्चा गर्छन् ।

उनका अनुसार यो निर्णयले उनका आमाबुवालाई कुनै समस्या भएन तर उनीहरुले थुप्रैपटक अनलाइनमा ट्रोलको भने सामना गर्नुपरेको छ । क्लेयर भन्छिन्, ‘एक मानिसको रुपमा, हामी कुनै एक व्यक्तिका लागि आफ्नो प्रेम कम नगरीकनै थुप्रै मानिसहरुलाई प्रेम गर्न सक्षम छौं र हामी एक–अर्कालाई पाएर निकै भाग्यमानी छौं ।’

उनले भनिन्, ‘हामीलाई आफ्नो साझेदारीमा गर्व छ र चाहन्छौं कि कसैलाई प्रेम गरेकै विषयमा तपाईंले लज्जा महसुस गर्नुपर्दैन भनेर जानकारी दिन चाहन्छौं ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post