भारतमा पछिल्लो २४ घण्टामा १.२६ लाख संक्रमित भेटिए, २.५४ लाख निको

भारतमा कोरोनाको गती क्रमशः कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख २६ हजार ६४९ मानिसहरुको कोरोना रिपोर्ट पोजेटिभ आयो । यतिबेला २ लाख ५४ हजार ८७९ मानिसहरुले कोरोना जिते । नयाँ संक्रमितको आँकडा पछिल्लो ५५ दिनको सबैभन्दा कम हो । यसअघि ७ अप्रिलमा १ लाख २६ हजार २७६ मानिसहरुमा कोरोनाको पुष्टि भएको थियो ।




यसैबीच मृत्युको आँकडामा पनि कमी आउन थालेको छ । करिब ३५ दिनपछि सोमबार दैनिक मृत्युको आँकडा ३ हजारभन्दा कम आएको छ । यतिबेला २,७८१ संक्रमितको मृत्यु भयो । यसअघि २६ अप्रिलमा २,७६२ जनाको ज्यान गएको थियो ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ दिनमा १ लाख ३१ हजार ३१ को गिरावट आएको छ । अब १८ लाख ९० ९७५ संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो २२ दिनमा यसमा १८ लाख ५० हजार ३३७ को कमी आएको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.२६ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.५४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २.७८१
हालसम्म कूल संक्रमित भइसकेकाः २.८१ करोड
हालसम्म निको भएकाः २.५९ करोड
हालसम्म कूल मृत्युः ३.३१ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १८.९० लाख
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post